Logo

मिडिया विद्येयकविरुद्ध ५ पत्रकार संगठन एक ठाउँमा, बैद्य-केसीद्वारा महर्जन सम्मानित



काठमाडौं, ४ जेठ । सरकारले हालै ल्याएको मिडिया काउन्सिल विधेयकको विरुद्धमा पाँच पत्रकार संगठन एक ठाउँमा उभिएका छन् । उनीहरुले संयुक्त पत्रकार संघर्ष समिति बनाएर सो बिधेयक बिरुद्ध संयुक्त रुपमा आन्दोलन गर्ने बताएका छन् ।

क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशील पत्रकार संघ, जनपत्रकार संगठन, नेपाल प्रेस सोसाइटी र मधेसी पत्रकार नेपाल एक ठाउ उभिएका हुन् । शनिवार काठमाडौंमा गरिएको प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता अधिकारको प्रश्न विषयक अन्र्त्क्रिया कार्यक्रममा उनीहरुले बिधेयकको विरोध गरेका छन् ।

कार्यक्रममा जनपत्रकार संगठनका नेपालका अध्यक्ष प्रकाश डुम्रेले मिडिया काउन्सिल बिधेयक २ करोड ८६ लाख जनतासंग सम्बन्धित बिधेयक भएको बताउदै मानव अधिकार आयोगलाई खुम्चाउने गरि बिधेयक आएकोले यो देश कता जाँदैछ भन्ने प्रश्न उठेको बताए ।

उनले हिजो द्धन्द्धका बेला जंगल जंगलमा प्रचण्ड लगाएतका नेताको अन्र्तवार्ता लिन लुकी लुकी जानुपर्ने जस्तो अबस्था अहिले पनि सिर्जना गर्न खोजेको उनको भनाई छ । उनले अहिले काठमाडौंका गल्लि गल्लिमा पत्रकार हिँड्न पनि लुकी लुकी हिड्नुपर्ने अवस्था आएको बताए ।

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य र राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केही दिन अघि प्रहरीले हिरासतमा लिएका जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य जितेन्द्र महर्जनलाई खादा लगाएर सम्मान गरे ।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal



प्रतिक्रिया दिनुहोस्