वैशाख ७, लपाँचथर । पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय, पाँचथरले एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको विभत्स हत्या भएको पुष्टि गरेको हो ।
प्रहरी घटनास्थल पुगिनसकेको छ । तर हत्या गरिएका परिवार र व्यक्तिको पहिचान हुन बाँकी छ ।
१ बालिका घाइते भएकी छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । विभत्स हत्या कसले, किन गर्यो भन्ने खुलेको छैन ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ लागेको छ । घटनास्थल मिक्लाजुङ पाँचथर सदरमुकाम फिदिमबाट ६५ किलोमिटर दक्षिण पर्छ ।