काठमाडौं, ६ जेठ । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका एक जना शक्तिशाली मन्त्री यतिवेला स्वईच्छाले पदबाट हट्ने भन्दै अध्यक्षकहाँ धाईरहेका छन् । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादव पछिल्लो समय जिम्मेवारीमा धेरै बस्ने ईच्छा नभएको भन्दै पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हट्नुहोस भनेको एक सेकेण्डमै राजीनामा दिने मनशायमा पुगेका छन् ।
बजार महँगी अनियन्त्रित तवरले अघि बढेको र आफूले चाहाँदा चाहँदैपनि नियन्त्रण गर्न नसकेकोमा उनी रुष्ट छन् । उखु किसानहरुपनि ठूलो मारमा परेको उनको बुझाई छ । किसानको हकहितको लागि लड्दै आएका मन्त्री यादवले पनि किसानहरुलाई समयमे भुक्तानी दिलाउन नसकेको र समयमै उखु मिल चलाउन नसकेको आरोप खेप्दै आएका छन् ।
त्यतिमात्रै होईन, चिनीको आयातमा पनि उनले ठूलै घोटालाको ट्याग भिर्नुपर्यो । एकपछि अर्कोगरि विवादमा मुछिएका यादव अब धेरै जिम्मेवारीमा बस्न चाहँदैनन् । त्यही भएर उनले आजभोलि अध्यक्षद्धय ओली र प्रचण्डलाई तपाईहरुको आदेश तुरुन्तै छोड्छु भनेर विश्वास दिलाएका छन् ।