वैशाख ७, काठमाण्डौ । नेपाली समाजमा हत्या हिसां बलात्कार र महिला हिसां जस्ता घटना बढ्दै गएको छ । यस्ता घटनालाई नेपाली समाजको मुख्य विकृतिको रुपमा लिन थालिएको छ जसले गदा समाजमा त्रास फैलिएको छ । यस्तै एउटा उदाहरण बनेको पाँचथरको हत्या काण्ड ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको छ । मुकुन्डोधारी अज्ञात समूहले ससुरा बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्माको परिवारको हत्या भयो । एकै गाउँका २ परिवारको हत्या भएपछि स्थानीयहरु डरले त्रसित भएका छन् । यस्ता घटना पछिल्लो समय भयवहरुपमा बढ्दै गएको छ । यसअघि पाँचथरमा १५ वर्षीय किशोरी शीतल योङहाङको को घाटी रेटेर हत्या भएको थियो । ललितपुरको चापागाउँमा जेठाजुले धारिलो हतियार प्रहार गरी बुहारीको हत्या गरे ।
ढोलाहिटीका ३५ वर्षीय उज्ज्वल महतले २५ वर्षीया अन्जना लामा महतलाई खुकुरी प्रहारी गरी हत्या गरेका थिए । कागेश्वरी मनोहरा नगरपािलका –९, काँडाघारी टाउन प्लानिङ्गबाट अपहरण गरी भक्तपुरको मध्यपुर थिमिमा ल्याइएका बालकको अपहरण पछि हत्या भएको थियो कारीले हत्या भएको थियो् । मोरङकी रिना बस्नेतको मृत्यु पनि रहस्यमय नै छ ।
यस्ता घटनाले नेपाली समाजमा भयावह रुप लिएको छ । पछिल्लो समय मान्छे बाटै मान्छेलाई डराउनु पर्ने अवस्था आउदैन भन्न सकिन्न । पछिल्लो समयमा भएको अपराधिक क्रियाकलापले मानवीय संवेदना हराउदै गएको अनभूति हुन थालेको छ । अधिवतmा सुवास आर्चायका अनुसार पछिल्लो समय यस्ता घटनाको कारण कर्तव्य ज्यान मुद्धामा निकै वृद्धी भएको छ । समाजमा हुने यस्ता अपराधका घटना नियन्त्रण गर्ने संयन्त्र प्रभावकारी नहुँदा दिनानुदिन जघन्य अपराध मौलाइरहेको छ ।
देशमा यस्ता घटनाले डरलाग्दो रुप लिदा समेत राज्यले चासो दिएको छैन । हरेक व्यक्तिको निगरानी गर्न नसके पनि समाजमा चेतना फैल्याउने र अपराधलाई निरुत्साहित गर्ने काम सरकारले गर्नुपर्ने अधिवक्ता आचार्य बताउँछन् ।
पछिल्लो समय भएका अधिकांश अपराधका घटनामा संलग्न कानुनी दायरामा आउन सकेका छैनन् । जसले गर्दा अपराधीको मनोबल बढिरहेको छ । यसतर्फ सरकार र विशेषगरी प्रहरी प्रशासनले गम्भीर भएर सोच्नु जरुरी छ ।