Logo

अपराधको रहस्यबारे मनोचिकित्सक डा. कार्कीले गरे यस्तो खुलासा (भिडियो)



वैशाख ८, काठमाण्डौ । मनोचिकित्सक डा. बासुदेव कार्कीले समाजमा बढिरहेको अपराधले दुखद संकेत गरेको बताएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै कार्कीले मनिसहरुमा भौतिकवादी चिन्तन बढ्दा अरुको अस्तित्व स्वीकार नगर्ने प्रवृत्ति बढ्दा अपराधमा वृद्धि भएको बताए ।

“अहिले प्रतिस्पर्धी समाजको विकास भइरहेको छ । समाज व्यक्तिवादीतर्फ उन्मुख भइरहेको छ । अर्कोतिर लामो समयको द्धन्द्धपछि समाज मानवताविहिन बन्दै गएको छ । मानवीय संवेदनशीलता कमजोर हुँदै जाँदा अपराध बढेको छ ।” कार्कीले भने ।

मानिसले जायज र नाजायज छुट्टयाउनै छोडेकोले विकृति बढेको कार्की बताउँछन् । आत्महत्याको मुख्य कारण मानसिक रोग, उदासिनता र डिप्रेसन भएको कार्कीले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot