Logo

शुल्कवृद्धिको लफडामा काठमाण्डौ महानगर, टेरेनन् निजी स्कुलले



जेठ ११, काठमाण्डौ । करिब २७ प्र्रतिशतको हाराहारीमा काठमाडौं महानगरपालिका अन्तर्गतका विद्यालयहरुले शुल्कवृद्धि गरेका थिए । त्यस विरुद्ध काठमाडांै महानगरपालिकाले शुल्क फिर्ता गर्ने निर्णय पनि गरेको थियो । कामपाले निर्णय गरेको झन्डै एक महिना भइसक्दा पनि महानगरले न त अनुगमन नै गरेको छ न त विद्यालयहरुले शुल्कमा गरेको मनोमानी रोक्न नै सकेको छ ।

काठमाडौं महानगरपालिका अन्तगर्तका झन्डै ६ सयको हाराहारीमा रहेका विद्यालयहरुले नयाँ शैक्षिक सत्रको सुरुवात देखि नै शुल्क बढाएका थिए । उनीहरुले करिब २७ प्रतिशतको हाराहारीमा विद्यालय शुल्क निर्धारण गरी मनपरी गरेका थिए । विद्यालयहरुले मनोमानी ढंगबाट शुल्क बढाएपछि काठमाडौ महानगरले शुल्कबृद्धि फिर्ता गर्ने निर्णय गरेको थियो ।

तर नयाँ शैक्षिक सत्र सुरु भएको एक पहिना बितिसक्दा पनि न त शुल्क फिर्ता भएको छ न त महानगरले अनुगमन नै गर्न सकेको छ । काठमाडौं महानगरपालिकाको शिक्षा समितिका सदस्य कोषबहादुर जिसीका अनुसार आजको मितिसम्म आइपुग्दा शुल्क फिर्ताको निर्णयको विषयमा महानगरले अनुगमन नगरेको बताएका छन् । उनले शुल्कको विषयमा बुधबार मात्रै महानगरपालिकाको बैठक बसी समिति बनाएर विद्यालय तय गरी अनुगमन गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

अभिभावकहरु पनि विद्यालयहरुले मनोमानी रुपमा विभिन्न शीर्षक राखेर शुल्क लिइराख्दा धेरै असर गरेको गुनासो नेपाल अभिभावक महासंघका अध्यक्ष धर्मदत देपकोटाको भनाइ छ । उनले अभिभावकहरुलाई विद्यालयहरुले शिक्षाको नाममा ठग्ने गरेको आरोप लगाएका छन् । उनले शिक्षामा अहिले एकदम धेरै बेतिथि र मनोमानी बढ्दै गएको अवस्थामा पनि सरकारले ठोस कदम नचालेको बताएका छन् ।

विद्यालयहरुले भने अघिल्लो वर्षको भन्दा ५देखि १० प्रतिशत मात्रै बढाएको दाबी गर्छन । उनीहरुले विद्यार्थी र अभिभावकहरुलाई हेरेर शुल्क निर्धारण गरेको तर्क राखेका छन् ।

यसरी वषेर्नी शिक्षामा बेथिति बढ्दै गइरहेको अवस्थामा महानगरपालिकाले भने आफनो दायित्व र कर्तव्य विसिएका छन् । बेथितिहरुलाई झन झन बढाबा दिदै अभिभावकहरुलाई मारमा पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्