Logo

वाइडबडीबारे सार्वजनिक सुनुवाई : कसले खायो ४ अर्व ? (भिडियोसहित)



जेठ १२, काठमाण्डौ । आमनागरिकले धेरै अपेक्षा गरेपनि, दुईतिहाईको वर्तमान सरकार एकपछि अर्को काण्डमा फस्दै गएको छ । तर विडम्बना ती काण्डको छानविन गर्नुभन्दा छानविन प्रतिबेदन लुकाउने वा भ्रष्टाचार, अनियमितता नियन्त्रण नित्साहित गर्न सरकारले चासो नदिएको आरोप लाग्दै आएको छ ।

वाईडबडी काण्ड, सुन काण्ड, निर्मला हत्या काण्ड, एनसेल काण्डलगायतका विभिन्न काण्डमा सरकार मुछिएएपनि जनताले चित्त बझ्दो जवाफ पाएका छैनन् । यसै अबस्थामा सार्वजनिक खरिदको इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचार भएको मानिएको बाइडबडी खरिद काण्डबारेमा स्वतन्त्र नागरिकहरुको एक सस्थाले शनिबार सार्वजनीक सुनुवाई कार्यक्रम गरेको छ ।

४ अर्ब ३५ करोड घोटाला भएको भनिएको वाइडबडी बिमान खरिद प्रकरण अहिले विस्तारै सेलाउदै गएको छ । मुलुकमा धेरैजसो भ्रष्टचारका काण्ड तथा अनियमितताहरुमा सरकारले सर्वसाधारणको आखाँमा छारो हाल्न आयोग गठन गर्ने र विना कुनै निश्कर्ष थामथुप पार्ने गर्दै आएको छ । निश्कर्ष आएपनि प्रतिबेदन लुकाउने वा कार्यान्वयन नगर्ने गर्दै आएको जगजाहेर छ ।
पछिल्लो समय निक्कै चर्चाको विषय बनेको वाइडबडी खरिद काण्डमा पनि करीब यस्तै साठगाठ् देखिएको आशंका बढेको छ । गत पुषमा वाइडबडिका बिषयमा छनविन गर्न सरकारले अलग्गै न्यायिक जाँचबुझ आयोग समेत गठन ग¥यो ।

त्यही आयोगले दिएको प्रतिबेदनको आधारमा दोशिमाथि कारबाही हुने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार भनिरहे तर त्यो आयोग अहिले करीब निस्कृय जस्तै पारिएको छ । यस्तै भित्रभित्रै गुपचुपमा मिलाइने कुराको बिरोध अब सतहमा देखिन थालेको छ । स्वतन्त्र नागरिकहरुको सस्था नेपालीका लागि नेपाल अभियानले शनिबार एउटा खुल्ला कार्यक्रम ग¥यो, जुन वाइडबडी विमान खरिदमा अनियमितता बारेमा थियो । त्यहाँ बोल्ने अधिकाश वक्ताले वाइडबडीको घोटाला मात्र जोडेनन देशको अस्तित्व नै गायब हुने खतरा भएको भन्दै जोडजोडले आवाज निकालिरहे ।

वाइडबडी एउटा प्रतिनिधि घटना मात्र भएको र यो भन्दा ठुला ठुला घोटालाहरु अझै बाहिर नानीस्किएको उनिहरुको बुझाई छ । अहिलेको सरकारले वाइडबडीको बिषयमा कतिबेला के प्रतिबेदन कतिबेला आयोग गठन कतिबेला भाडामा कतिबेला किनेको भन्दै भ्रम छरिरहेको उनिहरुले बताएका छन । वाइडबडीको अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान पनि निस्कृय जस्तै बनेको उनिहरुको दाबी छ । कतिपय बक्ताहरुले निर्मला पन्तको बलात्कारपछि हत्या काण्ड प्रकरणलाई गुपचुप राख्न आर्थिक प्रलोभनमा पारेकोसमेत बताए ।

मुलुकमा बढिरहेको यस्ता घटनाहरु नियन्त्रण गर्न भन्दा रहस्य लुकाउनमै सरकार केन्द्रित रहेपछि यस्एता घटना नियन्त्रण होला भन्नेमा आम सर्वसाधारणलाई आशँका छ । न्युनीकरण हुनुभन्दा झ्न बढीरहेको सस्कारलाई अब सहेर बस्न नहुने उनीहरुको बुझाई छ । सार्वजनिक सुनुवाईमा आएका विभिन्न धारणालाई समेटेर नेपालका लागि नेपाली अभियानको नागरिक आयोगले प्रतिवेदन तयार गरी छिट्टै सार्वजनीक गर्ने तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्