Logo

नेपाल–भारत सम्बन्ध, विगत, वर्तमान र भविष्य



जेठ १२, काठमाण्डौ । छिमेकी राष्ट्र भारतको १७ औं लोकसभा चुनावको मतपरिणाम भारतीय जनता पार्टी भाजपाको पक्षमा आएसंगै नेपाल–भारतको सम्बन्धलाई लिएर अहिले विभिन्न चर्चा सुरु हुन थालेको छ । चर्चा यसकारण पनि उठेको छ, की भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पुन दोस्रो कार्यकालको लागि प्रधानमन्त्री हुने भएका छन् ।

प्रधानमन्त्री मोदी नेपाललाई हिन्दुराष्ट्र बनाउने पक्षमा जान्छन् कि भन्नेमा कतिपयको अनुमान छ । तर पहिलो कार्यकालभरी मोदीले यस विषयमा केही पनि बोलेनन् । तर मोदीको दोस्रो कार्यकालमा नेपालसँगको सम्बन्ध थप मजबुत हुँदै जाने विश्वास गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो प्रधानमन्त्रीकालमा ४ पटक नेपालको भ्रमण गरीसकेका छन । भारतको १७ औं लोकसभा चुनावबाट उनको पार्टी भाजपा करिव दुइतिहाइ बहुमत नजिकको नतिजा ल्याउन सफल भए । भने अव भारतको प्रधानमन्त्रीमा मोदी पुन दोस्रो कार्यकालको लागि प्रधानमन्त्री बन्ने छ ।

https://www.youtube.com/watch?v=a35F-CpAjS8

यसले पनि अहिले भारतको चुनावको मतपरिणामले नेपाल–भारतविचको सम्बन्धमा के कस्तो प्रभाव पार्ला भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । त्यसो त भारतीय नेताहरुले नेपाल र भारतविचको सम्बन्ध सधै प्रगाढ रहेको र अव थप मजबुद र नेपाललाई धेरै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरीसकेका छन ।

https://www.youtube.com/watch?v=Ky-gQh52F7Y&t=18s

अर्को तर्फ नेपालको संविधानमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र सहित,धर्म निरपेक्षता संविधानमै उल्लेख भइसकेको छ । तर पनि नेपालका केही राजनितिक दल तथा संघ संस्थाहरु अहिले पनि नेपाललाई हिन्दुराष्ट्र बनाउने अभियानमा लागीपरेका छन । भारतीय प्रधानमन्त्री मोदी पनि हिन्दुधर्ममा आस्था राख्ने व्यक्ति भएकाले पनि नेपालमा हिन्दुधर्मका पक्षमा रहेका शत्तिहरुले बढी सहयोगको अपेक्षा राखेको छ ।

https://www.youtube.com/watch?v=m37GE0YbYDQ

भारतीय नेताहरुले विगतमा आफुहरुबाट भएका गल्ती कमीकमजोरीलाई बिर्सदै नेपालसंगको सम्बन्ध र नेपालप्रति भारतको सहयोग बढ्ने र बढाउने प्रतिवद्धता जनाउनुलाई पनि सवैले सकरात्मक रुपमा लिएका छन ।

https://www.youtube.com/watch?v=BPJWAeOcutw

त्यसो त मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीबीचको सम्बन्ध पनि सुमधुर रहेको छ । मोदी–ओलीबीच बारम्बार टेलिफोन वार्ता हुने गरेको छ । भारतीय जनता पार्टी विजयी हुने लक्षण देखिनासा ओलीले मोदीलाई टुइट र टेलिफोनमार्फत बधाई दिएर सम्बन्ध थप मजबुत बन्ने अपेक्षा व्यक्त गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot