Logo

उर्जामन्त्री पुन र राष्ट्रसंघका उपमहासचिव लिउबीच भेटवार्ता



न्यूयोर्क, १२ जेठ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र संयुक्त राष्ट्रसंघका उपमहासचिव लिउ झेनमिनबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा भएको भेटवार्तामा उर्जा क्षेत्रमा युएन र सरकारबीच गर्न सक्ने सहकार्य र दिगो विकासको वारेमा छलफल भएको थियो ।

मन्त्री पुनले भेटमा नेपालले उर्जाको पहुँचलाई प्राथमिकतामा राखरे काम गरिरहेको बताए । उनले १० वर्षमा १५ हजार मेगावाट विजुली उत्पादज गर्ने लक्ष्य सरकारले राखेको भन्दै त्यसका लागि काम अघि बढिरहेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्