Logo

मोदी र माधव नेपालबीच फोनवार्ता



काठमाडौं, १२ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल र  भारतीय पूर्व प्रधानमन्त्री  नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । नेता नेपालले मोदीलाई टेलिफोन गरी लोकसभा निर्वाचनमा विजय भएकामा बधाई दिएका छन् ।

पूर्वप्रधानमन्त्री नेपालले मोदीको दोस्रो कार्यकालमा दुई देशबीचको सहकार्य लाभदायी हुने र नेपाल–भारतबीचको सम्बन्ध उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले शुभकामनाका लागि धन्यवाद दिँदै नेपालसँग मिलेर काम गर्ने आफ्नो प्रतिबद्धता दोहो¥याउनुभएको नेता नेपालका प्रेस सहयोगी तथा नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्