Logo

हाम्रो पार्टी सांसदहरुलाई दश करोड दिनुपर्छ भन्ने पक्षमा छैन् : सुरेन्द्र पाण्डे



काठमाडौं, १३ जेठ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् राष्ट्रियसभाका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले आफ्नो पार्टी सांसदहरुलाई दश करोड दिनुपर्छ भन्ने पक्षमा नरहेको स्पष्ट पारे । उनले भने,‘सोझै सांसदहरुलाई पैसा बाँड्न आवश्यक छैन् । बरु, सांसदहरुलाई योजना दिनुपर्छ ।’ कांग्रेसले सांसदहरुलाई दश करोड दिनुपर्छ भनेर माग नगरेको उनको दाबी छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालले बजेटको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता उनले गत वर्ष छुट्याईएको बजेटमा पुँजीगत खर्च आधाभन्दा कम भएको सुनाए । उनले भने,‘त्यसैले बजेट छर्ने काम गर्नुहुँदैन् । त्यतिवेला पनि हामीले यति ठूलो बजेट कार्यान्वयन हुँदैन कि भनेर प्रश्न उठाएका थियौं । अहिलेसम्म ५० प्रतिशत पुँजीगत खर्च हुन सकेको छैन् ।’

उनले खर्च गर्नसक्ने क्षमता हेरेर मात्रै बजेट निर्माण गर्नुपर्ने जिकिर गरे । उनले भने,‘पुँजीगत र प्रशासनिक क्षमता हेरेर मात्रै बजेट निर्माण गर्नुपर्छ । बरु, आवश्यकत्तालाई प्राथमिकता दिनुपर्छ । अब कुरा ठूलो गर्ने र काम नगर्ने कुरा गर्नुहुँदैन् । जनतालाई क्षणिक रस्वदान गराउने काम गर्नुहुँदैन् । समयमै सम्पन्न गर्नसक्ने कार्यक्रमहरु मात्रै ल्याउनुपर्छ । पूरा गर्नसक्ने सपनामात्रै दैख्नुपर्छ ।’

उनले बजेट ल्याउँदा सामाजिक सुरक्षा कार्यक्रममा विशेष ध्यान दिनुपर्ने धारणा राखे । उनले भने,‘वृद्धभत्ता बढाउने कुरामा हाम्रो कुनै विमति छैन् । दिर्घरोगीहरुलाई देउवा सरकारले अघि सारेको स्वास्थ्य सुविधा कार्यक्रमलाई निरन्तरता दिनुपर्छ ।’ उनले बजेटमार्फत सामाजिक सुरक्षा कार्यक्रमको दायरा बढाउनको लागि पनि माग गरे ।

पाण्डेले ठूला–ठूला आयोजनाहरु ऋणमा नबनाउनको लागिपनि सरकारलाई सुझाव दिए । उनले भने,‘बरु, ती ठूला आयोजनाहरु अनुदानमा बन्छ भने स्वागत गर्नुपर्छ । होईन भने ऋणमा बनाउनु हुँदैन् ।’



प्रतिक्रिया दिनुहोस्