Logo

विप्लवलाई दबाएर सिध्याउने पौडेलको खुलासा (भिडियोसहित )



काठमाडौं, १४ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति एवम् प्रतिनिधिसभाका सांसद देवेन्द्र पौडेलले नेत्रविक्रम चन्द विप्लव समूहले हिंसात्मक राजनीति गरिरहेकोले अब सरकारले दबाएर सिध्याउने चेतावनी दिएका छन् ।

सोमबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन्” मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो खुलासा गरेका हुन् । पौडेलले काठमाडौंमा भएको वम विस्फोटजस्ता घट्नालाई छिटपुट घट्नाको संज्ञा दिए । तर, उनले देशमा शान्ति, सुरक्षा राम्रो भएको पनि दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्