जेठ १४, काठमाण्डौ । आइतबार साँझ राजधानीका विभिन्न स्थानमा बम बिस्फोटमा परी विप्लव नेतृत्वको ४ जना कार्यकर्ताको ज्यान गयो ।
उनीहरुले सोमबार आह्वान गरेको बन्दको पुर्वसन्ध्यामा बन्दलाई सफल बनाउने उद्धेश्यका साथ बम बनाउदै गर्दा बिस्फोट भएको प्रहरीको अनुसन्धानबाट खुल्यो । सरकारले विप्लप नेतृत्वको गतिविधिलाई औपचारिक रुपमा प्रतिबन्ध लगाएको घोषणा गरेको महिनौ बित्दा समेत नत सरकारको प्रतिबन्धले काम ग¥यो नत विप्लवले नै हिंसात्मक गतिविधि छाडेका छन । आइतबारको घटनाले सरकारमाथि थप चुनौति थपिएको छ ।
सरकारले फागुन २८ गतेबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीलाई प्रतिबन्ध लगाउने घोषणा गर्यो । त्यसलगत्तै सरकारले विप्लवका कार्यकर्तामाथि निगरानी बढाउँदै धरपकड र पक्राउसमेत सुरु गर्यो ।
तर सरकारले विप्लव नेतृत्वमाथि निगरानी बढाइएको भन्दै गर्दा आइतबार राजधानीमै भएका बम विष्फोटनका घटनाले सरकार र विप्लवविचको द्धन्द्ध कम भएको होइन एकअर्काप्रति को बलियो भन्ने प्रतिष्पर्धा देखिएको स्पष्ट छ । अर्को रोचक पक्ष त के छ भने विप्लव नेतृत्वको माओवादीको विद्यार्थी नेताले आफ्नै डेरामा बम बनाउने सामग्री ल्याउँदा, बम बनाउँदा र पड्कने बेलामा सम्म कुनैपनि गुप्तचर निकायले जानकारी पाउन सकेनन । यो घटनाले सुरक्षा निकायका ति अंग र समग्रमा सरकारलाई नै गिज्याएको छ ।
गएको फागुन अन्तिम सम्म विप्लव नेतृत्वको नेकपालाई अन्तिम अल्टिमेटम दिएका थिए भने विप्लवले पनि आफुहरु माथि लगाएको प्रतिबन्द्ध हटाउन सोही समयसिमाको अल्टिमेटम दिएको थियो । तर अल्टिमेटम दिएको समयसिमा सकिएको ३ महिना बित्न लाग्दा समेत सरकारले वार्ताको लागि कुनै पहल कदमी गरेको छैन ।
आइतबारको घटनाले अर्को गंम्भिर प्रश्न उठेको छ – यदि त्यो बम बनाउने क्रममै विस्फोट नभएर उनीहरुले लक्षित गरेको स्थानमा विस्फोट भएको भए के हुन्थ्यो ? नेपाल बन्दको आह्वान गर्नु र राजधानी लगायत देशका विभिन्न जिल्लाहरुमा बम विस्फोट गराउनु र राख्नुले पनि के सांच्चै मुलुक फेरि द्धन्द्धमा त जादैछैन ? भन्ने जस्ता गंम्भिर प्रश्न उब्जाएको छ ।
मुलुकमा दुइतिहाइ बहुमतको शत्तिशाली कम्युनिष्ट नेतृत्व जो हिजो १० बर्षे जनयुद्ध गरेको आएको पार्टीसमेत सरकारको नेतृत्व गरिरहेको छ ,तर पनि देशमा किन यस्तो भइरहेको छ ? देश कतातिर जादै छन् भन्ने जस्ता प्रश्नले आमनेपाली जनता यति बेला त्रसित छन । के ? यस्तै हो भने सरकारले लिएको सम्वृद्ध नेपाल,सुखी नेपालीको नारा पुरा होला त ?