Logo

नेपाल–भारत योगा प्रवद्र्धनको लागि काठमाडौंमा विशेष कार्यक्रम हुँदै



काठमाडौं, १४ जेठ । योगा युनिभर्सिटी अफ अमेरिकाज, फ्लोरिडाले नेपाल–भारत योगा प्रवद्र्धनको लागि विशेष कार्यक्रम गर्ने भएको छ ।
यही जेठ १६ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा उक्त कार्यक्रम गर्न लागेको विश्वविद्यालयका भाईस चान्सलर डा. योगी देवराजले जानकारी दिए ।

उनकाअनुसार उक्त कार्यक्रममा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको प्रमुख अतिथिको रुपमा उपस्थिति रहनेछ । कार्यक्रममा नेपालका विभिन्न दलका नेता तथा सांसद सदस्यहरुको पनि उपस्थिति हुनेछ ।

उक्त कार्यक्रममा सहभागी हुनको लागि आयोजकले नेपालका योग, ध्यान, आयुर्वेद, प्राकृतिक चिकित्सा, सनातन धर्मप्रेमी सबैलाई निमन्त्रणासमेत गरिएको योगीले जनाए । कार्यक्रममा सहभागी हुनको लागि उक्त विश्वविद्यालयका नेपाल संयोजक डा. हरि प्रसाद पोखरेल र डा. हेमराज कोइरालाले निमन्त्रणा पठाईसकेका छन् ।

कार्यक्रममा भाग लिनको लागि अमेरिका, भारत, मलेसिया, कम्बोडियालगायतका देशबाट करिब सय जना योगप्रेमी तथा विद्धानहरु काठमाडौं आईसकेका छन् । योगीका अनुसार यो कार्यक्रममा भाग लिनको लागि दक्षिण भारतका प्रसिद्ध अध्यात्म गुरु प्राचार्य आराल्लु मल्लिके, पार्थ सार्थी र प्राचार्य काईपा सेसाद्री पनि काठमाडौं आईसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot