जेठ १४, काठमाण्डौ । पत्रकार ऋषि धमलाले वालुवाटार जग्गाको विषयमा निश्पक्ष छानविन गर्न माग गरेका छन् ।
मंगलबार काठमाण्डौमाम आयोजित एक कार्यक्रममा धमलाले बालुवाटार जग्गा प्रकरणको सत्य तथ्य बाहिर ल्याउन सक्नु नै अहिलेको सफलता भएको धमलाले बताए । नेकपा अध्यक्ष पुष्पकमल दाहालसमेत उपस्थित कार्यक्रममा धमलाले वालुवाटारको जग्गा अनियमिता गर्नेलाई कारबाही गर्न आग्रह गरे ।
दाहाललाई धमलाले देशमा भइरहेको भ्रष्टाचार रोक्न प्रभावकारी भूमिका खेल्न पनि सुझाब दिए । प्रधानमन्त्री केपी ओली र दाहाल देश र जनताका लागि एकमत हुन जरुरी रहेको धमलाको भनाई थियो ।
धमलाले नेत्र विक्रम चन्द विप्लवलाई हतियारको राजनीति छोडेर देश विकासमा लाग्न आग्रह गरे । दाहालले जस्तै हतियार छोडेर एकसाथ विकास निर्माणमा लाग्न धमलाले विप्लवलाई आग्रह गरे । त्यसैगरी विप्लवसँग वार्ता गरेर सहमति खोज्न धमलाले दाहाललाई पनि आग्रह गरेका छन् ।