कामुक शरीरकी इगी आजलिया आजकल निकै तनावमा परिन् । अर्धनग्न तस्वीर आफै सामाजिक सञ्जालमा पोष्ट गर्ने उनको यसपटक नग्न तस्वीर भाइरल बन्यो । तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालबाट समेत टाढिइन् ।
अष्ट्रेलियामा मात्र नभई विश्वभर कामुक ¥यापरको परिचय बनाएकी उनले नग्न तस्वीर खिचाएकी थिइन् । सार्वजनिक नगर्ने गरी खिचाएको ती तस्वीर अनलाइनमा आएपछि भाइरल भएको छ ।
तस्वीर भाइरल भएपछि इगीले इन्स्टाग्राम र ट्वीटर एकाउन्टलाई निष्कृय बनाएकी छिन् । नग्न तस्वीर हालैको भने होइन । उक्त तस्वीर सन् २०१६ मा जीक्यु म्यागाजिनका लागि खिचाउँदाको हो ।
तस्वीर सार्वजनिक हुनुले इगी आक्रोशित भएकी छिन् । उनले भनेकी छिन्,‘म निकै आश्चर्यचकित र रिसाएकी छु ।’ तस्वीर खिचिएपछि छनोटमा नपरेकामध्येलाई मेटाउनुपर्नेमा नमेटाइएकोमा गम्भीर प्रश्न उठाएकी छिन् ।
जीक्यु म्यागाजिनका लागि फोटो खिचाउन मै हुँ भन्ने सेलिब्रिटीहरुको तछाडमछाड हुनेगर्छ । एजेलियाले पनि उक्त म्यागाजिनको प्रतिष्ठा र विश्वसनीयतका कारण फोटोसुट गरेको बताइन् । उनले भनेकी छिन्,‘म निकै लज्जित र आक्रोशित छु र कानुनी उपचारमा जान्छु ।’ फोटो लिक गर्ने जोकोही भएपनि नछाड्ने प्रण गरेकी छिन् ।
आफ्नो अनुमति विना फोटो चोरी गरी प्रकाशित गरिएकाले छानविन भइरहेको बताइन् । उनले भनेकी छिन्,‘जो कोही भएपनि कारबाही गराएरै छाड्छु ।’ इगीले बेला बेलामा कामुक तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गरेर चर्चा बटुल्ने गरेकी छिन् ।
विगतमा उनको सेक्स टेप समेत सार्वजनिक भएको चर्चा चलेको थियो । विवादास्पद घटनाले चर्चामा आइरहने भएकाले पछिल्लो नग्न तस्वीर कुनै नाटक त होइन ? तस्वीर कसैले व्यक्तिगत फाइदाका लागि हो या नियोजित रुपमा सार्वजनिक भएको बारे छानविन चलिरहेको छ । एजेन्सी