Logo

पेट्रोल र डिजेलमा लाग्ने कर बढ्यो, एक रुपैयाँ शुल्क थप



काठमाडौँ, १५ जेठ (रासस) अर्थमन्त्री खतिवडाबाट बजेट प्रस्तुत

काठमाडौं, १५ जेठ । सरकारले पेट्रोल र डिजेलमा लाग्ने कर बढाएको छ । सडकका सुधारका लागि सरकारले पेट्रोलमा थप एक रुपैयाँ शुल्क थप्ने घोषणा गरेको हो ।

सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले पेश गरेको आर्थिक वर्ष २०७६/७७को बजेटमा यस्तो घोषणा भएको हो ।

सरकारले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वृद्धि गरेको छ । खतिवडाले सामाजिक सुरक्षा भत्ता मासिक रु एक हजारका दरले वृद्धि गरिएको घोषणा गरे ।

ज्येष्ठ नागरिकलाई राज्यले संरक्षण गर्ने नीतिअनुसार सरकारले ७० वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई प्रदान गरिएको मासिक भत्ता रु दुई हजारबाट बढाएर रु तीन हजार पु¥याएको छ । यस्तै ६० वर्ष उमेर पुगेका दलित, कर्णालीका ज्येष्ठ नागरिक एवं पूर्ण तथा आंशिक अपांगता भएका नागरिक उक्त सामाजिक सुरक्षा भत्तामा समेटिनेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot