Logo

बजेट प्रस्तुत : प्रदेशका लागि ५५ अर्ब ३० करोड अनुदान विनियोजन



काठमाडौँ, १५ जेठ (रासस) अर्थमन्त्री खतिवडाबाट बजेट प्रस्तुत

काठमाडौं, १५ जेठ । सरकारले बजेटमा प्रदेशका लागि ५५ अर्ब ३० करोड र स्थानीय तहका लागि ८९ अर्ब ९५ करोड समानिकरण अनुदान विनियोजन गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गर्दै यस्तो जनाएका हुन् । यस्तै, प्रदेशलाई ४४ अर्ब ५५ करोड र स्थानीय तहलाई १ खर्ब २३ अर्ब ८७ करोडको सशर्त अनुदान विनियोजन गरिएको बताएका छन् राजस्वतर्फ प्रदेश र स्थानीय तहलाई गरेर १ खर्ब ३० अर्ब ८९ करोड बाँडफाटमा हुने अनुमान गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्