Logo

ओली र अमित शाहबीच फोनवार्ता, नेपाल आउने शाहको वचन



नयाँ दिल्ली, १७ जेठ । नयाँ दिल्लीमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जनता पार्टीका अध्यक्ष एवम् क्याविनेट मन्त्री अमित शाहबीच फोनवार्ता भएको छ ।

शाहले प्रधानमन्त्री ओलीसँगको कुराकानीमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध सुमधुर हुने विश्वास दिलाएको स्रोतले जनायो । शाहले आफू छिट्टै नेपाल भ्रमणमा जानेपनि विश्वास दिलाएका थिए ।

ओलीले पनि भाजपालाई चुनाव जिताएकोमा धन्यवाद दिए । नेपालको विकास र समृद्धिमा भारतको सहयोग रहँदै आएकोमा आगामी दिनमा पनि सहयोग निरन्तर रहने ओलीको विश्वास थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot