Logo

वामदेव गौतम प्रचण्डको पक्षमा, ओली–दाहाल दुवैले आलोपालो प्रधानमन्त्री चलाउनुपर्छ



काठमाडौं, १७ जेठ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामेदव गौतम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा छन् । उनले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले आलोपालो सरकार चलाउनुपर्ने नयाँ धारणा सार्वजनिक गरेका छन्।

आज (शुक्रबार) प्रेस सगंठन प्यूठानले जुर्मिमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गौतमले भने,‘ओलीले अध्यक्ष पद छाड्नुपर्ने धारणा पुष्पकमल दाहालको रहेको र सबैलाई मिलाएर लैजान पनि अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति हुनु हुँदैन, नेतृत्व परिवर्तन गर्न नेकपा दुइ अध्यक्षबीच भएको सहमति कार्यन्वयन हुनुपर्छ ।’

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता गौतमले सहमति जे भएको हो त्यो सहमति उल्लंघन गरिए पार्टी एकता बिथोलिनेपनि चिन्ता व्यक्त गरे । उनले भने,‘सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिने भएकाले जे सहमति भएको हो, त्यो हुन्छ, कसैले उल्लंघन गर्न सक्दैन।’

नेकपाको सचिवालय बैठक सरेको छ। बैसाख १८ मा बस्ने भनिएको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमतिपछि २ दिन पछाडि सारिएको हो। अर्को बैठक २० गतेका तोकिएको छ।

प्रधानमन्त्री ओली भारत जानु परेकाले गृहकार्य गर्न नभ्याएको भन्दै २ दिनलाई बैठक सार्न दुवै अध्यक्ष सहमत भएको बताइएको छ। शनिबार बस्ने भनिएको सचिवालय बैठकमा पोलिटब्युरो र विभागहरु गठन गर्ने कार्यसूची तोकिएको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot