Logo

३६ हजार घुससहित वडा सदस्य पक्राऊ



काठमाडौं । ३६ हजार घुस वापतको रकम सहित महोत्तरीमा जनप्रतिनिधि अख्तियारको नियन्त्रणमा परेका छन् । धर्मशालाको रकम निकासा गराउन सहज गराइदिन भनी सेवाग्राहीसँग घुस लिएपछि एकडारा गाउँपालिका वडा नं ४ का वडा सदस्य रामचन्द्र राय यादव शुक्रबार पक्राऊ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार घुस रकम सहित जलेश्वर नगरपालिकास्थित सैलेश चोकबाट रङ्गेहात नियन्त्रणमा लिइएको हो । अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार यादवमाथि अनुसन्धान भइरहेको छ ।

यसैगरी, काठ काट्नका लागि आदेश लिन सहज गराइदिएवापत् सात हजार घुस लिएका फरेष्टर महेन्द्र बि.सी.माथि अख्तियारले विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको छ । रुकुम पश्चिममा कार्यरत फरेष्टर बि.सी. ले कु काठ कटान आदेशका नाममा सहजीकरण गरिदिने भनी घुस लिएपछि पक्राऊ परेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot