Logo

‘ओली भारत जाँदा प्रचण्डबाट सहमतिपत्र बाहिरिनु नै सरकार परिवर्तनको संकेत हो’ : सिंह



राष्ट्रपति र प्रधानमन्त्रीका कारण गणतन्त्र धरापमा : अमरेश
अमरेशको ठोकुवा—‘पानी र तेलको मिलन असम्भव’
नेकपाको चुनाब चिन्ह भएको पदक मैले किन लिने ?

बुटवल, १८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद डा. अमरेशकुमार सिंहले नेपालमा सरकार परिवर्तनको संकेत गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्र नरेन्द्र मोदीको सपथ समारोहका गएकै बेला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले ५ बुँदे सहमति बाहिर ल्याउनु सरकार परिवर्तनको संकेत भएको उनको दाबी छ ।

बुटवलमा रिपोर्टर्स क्लव प्रदेश–५ ले आयोजना गरेको साक्षात्कारमा बोल्दै कांग्रेस नेता सिंहले यस्तो दाबी गरेका हुन् । उनले भने—‘यो प्रधानमन्त्रीसंग डिल नगर,अब म प्रधानमन्त्री बन्नेवाला छु भन्ने सन्देश प्रचण्डले मोदीलाइ दिएका हुन् ।’

सिंहले ओलीको भारत भ्रमण निराशजनक भएको समेत प्रष्ट पारे । सिंहले भने—‘उहासंग फर्केपछि भेट त भएको छैन, ओलीजीको बडि ल्याङ्वेज हेर्दा, अनुहार मलिन छ, अघिपछिको जस्तो देखिएन ।’

भारत लोकतान्त्रिक मुलुक भएकाले नेपालमा लोकतन्त्र स्थापित भएको हेर्न चाहने उनको दाबी छ । तर, वर्तमान प्रधानमन्त्री ओली संघीयता असफल बनाउने र शक्ति आफैमा केन्द्रित गर्ने खेलमा लागेको उनको भनाइ थियो ।सिंहको दाबि छ—‘अहिलेका प्रधानमन्त्री शान्ति प्रक्रिया विरोधी, संघियताको विरोधी, समावेशिता विरोधी हुन् । ’

५ बर्ष ओलीको सरकार रहिरहे लोकतन्त्र समाप्त :

सिंहले ५ बर्ष ओली नेतृत्वको सरकार रहिरहे देशमा लोकतन्त्र नै नरहने दाबि गरे ।‘ओली र राष्ट्रपती मिलेर शासन गर्न खोजेका छन,हरेक गाउपालिका र नगरपालिकामा भ्रष्टाचार बढिरहेको छ , नेपाली जनता र लोकतन्त्र कमजोर बनाउन प्रधानमन्त्री नै लागि परेका छन्’
बिदेशी कुटनीतिबारे जानकार रहेका सिंहले सरकारको परराष्ट्र निति नै गतल भएको बताए ।

मोदी जिसंग केपि ओलीका कारण नेपालकौ सम्बन्ध बिग्रिएको भन्दै उनले देशको परराष्ट्र मात्रै होइन आन्तरिक नीति पनि ठिक नभएको बताए ।प्रधानमन्त्रीले ‘बुद्धिजिविलाई कोट काट्ने मुसा भन्ने,प्रेसको कलम निमोठ्ने,व्यक्ति मोटाएर अधिनायवाद आउछ, देश कहिल्लै बन्दैन । ’ उनले सुनाए ।

ओलीले एकात्मक र जनवादी व्यवस्था लागू गर्न खोजे,सबै काण्डमा प्रधानमन्त्रीको संलग्नता छ :

लोकतन्त्र र कम्यूनिष्ट सरकार सगसगै जान नसक्ने भन्दै उनले सरकारले शक्ति पृथकीकरणको सिद्धान्तलाई लत्याएको दाबि गरे ।
प्रधानमन्त्रीले आफैमा शक्ति सञ्चय गर्ने, संसद, सरकार र न्यायलय,सेना,प्रेसलाई आफु मातहत राख्न खोज्ने, एकात्मक र जनवादी व्यवस्था लागू गर्न खोजेको उनले आरोप छ ।

संविधान सहमतीको दस्तावेज भएको बताउदै सरकारले संघियतालाई कमजोर बनाउन खोजेको आरोप सिंहले लगाए ।प्रधानमन्त्री नवदलाल, विचौलीया र दलालहरुको नजिक छन्,यो सरकार काण्डै काण्डको सरकार हो, वालुवाटार जग्गा, ३३ किलो सुनकाण्ड, वाईडवडी, एनसेल, आयल निगम काण्डमा प्रधानमन्त्रीको संलग्नता रहेको आरोप उनले लगाए ।

सिंह भन्छन्—‘ मैलै कुनै प्रतिपक्षी दलका कार्यकर्ताको हिसाबले बोलेको छैन,सबै प्रमाण सुरक्षित छ । ’सरकारले ल्याएको बजेट संघियताको मर्म विपरित रहेको उनको आरोप छ । ‘प्रदेशलाई ६ प्रतिशत मात्रै बजेट छ यो त संघीयता बिरोधी भएको प्रमाण हो ।’

जनताले ५० हजारको साडी लगाउने राष्ट्रपति खोजेका होइनन् :

अमरेशले अहिलेका राष्ट्रपति बिद्यादेवी भण्डारी नेकपाको मात्रै बनेको दाबि गरे । ‘मैले गणतन्त्रमा विश्वास गर्छु तर राष्ट्रपतीको भूमिका कार्यकारी जस्तो छ,सितलनिवासमै नेकपाको गुटको बैठक बस्ने ,५० हजारको साडी लगाउने,ढेड अर्बको प्लेन चढ्ने यस्तो राष्ट्रपति खोजेको होइन । ’ उनले भने । ‘जनताले ५० लाखको गाडी चढ्न पाए करोडको गाडी चढ्न मिल्ला तर जनताले सिटामोल पाएका छैनन ।’ उनले भने ।

नेकपाको चुनाब चिन्ह भएको पदक मैले किन लिने ?

गणतन्त्र दिवसमा राष्ट्रपति बिद्यादेबि भण्डारीले आसोपासेलाई पदक बांडिएको उनको आरोप छ । ‘जनताको नजरबाट पदक जित्ने हो ,मैले जितेकै छु, नेकपाको चुनाब चिन्ह सूर्य भएको पदक मैले किन लिने ? उनले भने ।

लोकतान्त्रिक पद्धतीमा राजनितिककर्मी र जनताका विचमा दुरी बढेको उनको भनाइ छ । उनले राष्ट्रपतीका कारण लोकतान्त्रिक गणतन्त्र खतरामा रहेको समेत बताए ।

राष्ट्रपतिमाथि निकै रुष्ट देखिएका अमशेरले सबै जनताको हुनुको सट्टा नेकपाको कार्यकारी जस्तो बनेको र प्रचार प्रसारमा लागेको बताए ।

प्रधानमन्त्री पिएचडीको लघुताभाषमा

सिंहले प्रधानमन्त्री ओलीलाइ पढिएन भन्ने लघुताभास भएकोले जस्ले दियो त्यसैको बिद्याबारिधी उपाधि लिने होड चलेको टीप्पणी गरेका छन् । ‘ओलीजी पिएचडीको लघुताभासमा पर्नुभएको छ । ।अस्ती क्रिश्चियनले दिएको मानार्थ पिएचडी पनि लिनुभएछ । ’
सरकारले लोकतन्त्रको पिल्लर मानवअधिकार, पत्रकार, बुद्धिजिवी, न्यायालयलाई प्रहार गर्न काम गरिरहेको भन्दै अन्जानमा नभइ जानी जानी प्रहार भइरहेको बताए ।

कांग्रेसका नेता समेत रहेका सिंहले लोकतन्त्रका लागि एक पटक फेरी आन्दोलनमा उत्रने बेला आएको बताए । उनले लोकतन्त्र रक्षाका लागि काग्रेस जनताको घरघरमा जाने समेत बताए ।

‘नागढुगांदेखि काण्ठमाडौंसम्मको ७ किलोमिटर सडक बनाउन नसक्ने सरकारले के गर्छ ? काम नगर्ने तर मिथ्यांक बांड्दै हिड्ने ?’ ।

पानी र दूध मिल्छ तर एमाले र माओवादी पानी र तेल :

नेता सिंहले पूर्व एमाले र पूर्व माओबादीको मिलन लामो समय नटिक्ने ठोकुवा गरे । ‘पानी र दूध मिल्छ तर एमाले र माओवादी पानी र तेल हो ,यो दुईवटा मिल्न सक्दैन ,ढिलो र चाडो यी दुई पार्टी फुट्छ ।’

‘जनतालाई चुस्ने,उडुस भनेको एमाले हो,यसले विस्तारै चुस्छ । माओबादीले हानिहाल्ने फोडिहाल्ने उस्को प्रबृत्ति हो, जनताको रगत चुसेर मोटाएको पार्टी एमाले हो । माओवादी ठूलो पार्टी बन्न गयो, तर अहिले झोलमा डुबेको छ ।’

कांग्रेस एक हुन आवश्यक ,भबिष्य सुन्दर छ

सिंहले कांग्रेसले पार्टी कार्यकर्ता सुढृढीकरण गर्नुपर्ने बताए । भविश्य सुन्दर छ अब एक भएर अघि बढ्नुपर्छ । उनले कांग्रेसको महाधिबेशन केहि समय पछि धकेलिनेतर्फ संकेत समेत गरे । क्लवका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रदेश सदस्य कपिल ज्ञवालीले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्