जेठ १८, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यतिबेला पार्टी देशव्यापी जागरण अभियानमा छन । निर्वाचनमा लज्जास्पद हारे व्याहोरेदेखि नेतृत्वका कडा आलोचना गर्दै आइरहेको पार्टी नेताहरु अहिले विभिन्न समुह नै बनाएर नेतृत्वको आलोचना गर्दै आइरहेका छन । जसले आफुलाई नेपालकै पहिलो लोकतान्त्रिक पार्टीको मियो मान्ने नेपाली कांग्रेसभित्रै भने आन्तरिक लोकतन्त्रको खडेरी झन मौलाउदै गएको छ ।
नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता विपी कोइराला, गणेशमान सिंह, सुर्वण सम्सेर लगायतका नेताहरुको विचार र सिदान्तलाई आफ्नो मुल सिदान्त मान्दै आइरहेको छ । तर पछिल्लो समय पार्टी नेतृत्वले पार्टीका संस्थापक नेताहरुकै विचार र सिदान्तलाई भुल्दै गएको र पार्टीलाई गुटउपगुटको राजनिति गरेर पार्टी कमजोर पारेको आरोप लाग्दै आएको छ । बेला बेलामा नेताहरु विच यस्ता हर्कतहरु पनि नभएका होइनन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेताहरुले पार्टी नेतृत्वको कडा आलोचना गरेका छन ।पार्टीका पुराना नेता मानिने कुलबहादुर गुरुङको नेतृत्वमा खुलेको विपी विचार राष्ट्रिय समाजले आयोजना गरेको कार्यक्रममा नेताहरुले वर्तमान नेतृत्वको आलोचना गरेका हुन । उनीहरुले कांग्रेस नेताहरुले विपीको सिद्धान्त र विचारधारा अंगाल्नु र अपनाउनु भन्दा पनि कम्युनिस्टको विद्यारधारामा हिडेको आरोप लगाएका छन ।
उनीहरुले कांग्रेसले विगतको आफ्नो इतिहासलाई समिक्षा गर्दे वर्तमान अवस्थामा पार्टीले उचित निर्णय र कार्यदिशा बनाउन नसकेकै कारण अहिले यो अवस्थामा आउनुपरेको भन्दै नेतृत्वलाई सच्चिन आग्रह समेत गरेका छन । वर्तमान कम्युनिष्टको दुइतिहाइ बहुमतको शत्तिशाली सरकार हुदां समेत जनताको भावनाअनुसार काम गर्न नसरीरहेको अवस्थामा कांग्रेसले प्रतिपक्षी भुमिका समेत राम्रोसंग निभाउन नसेको उनीहरुको आरोप छ ।त्यसैले पनि पार्टीको इतिहास र संस्थापक नेताहरुको विचारधारालाई अगाल्दै पार्टीलाई सुध्रिण बनाउनुपर्नेमा जोड दिएका छन ।
नेपाली कांग्रेसको इतिहासलाई हेर्ने हो भने वि सं २०१५ मा नेपाली कांग्रेस पार्टीले दुईतिहाई मत ल्याएको थियो । भने २०४७ साल यता पटक पटक सरकारको समेत नेतृत्व गरेका छन। नेपाली राजनितिमा भएका ठुला–ठुला परिर्वतनमा नेतृत्वदायी भुमिका निर्वाह गरेका नेपाली कांग्रेसभित्र पछिल्लो समय पार्टीको आन्तरिक लोकतन्त्र नै कमजोर हुदै जानुले पक्कै पनि राम्रो कुरा होइन । मुलुक बनाउने जिम्मा नेपालका सवै राजनितक दलहरुको उत्तिकै दायित्व हो ।