Logo

मेडिसिटीमा एसिएनएस न्यूरो इन्डोभास्कुलर वर्कसप सम्पन्न



ललितपुर : मे ३१ देखि जुन १ सम्म नेपाल मेडिसिटी अस्पताल, ललितपुरमा आयोजना गरिएको एसिएनएस न्यूरो इन्डोभास्कुलर वर्कसप सम्पन्न भएको छ । कोर्स डाइरेक्टरका रुपमा जापानका प्रतिष्ठित न्यूरोसर्जन प्रा. नाओया खुयायामा ,अन्य आठ जापानी प्रशिक्षक र प्राविधिकहरु उपस्थित भएको वर्कसपमा नेपालका ४० न्यूरोसर्जनहरुको सहभागिता जनाएका छन् ।

वर्कसपको मूल उद्धेश्यनै नयाँ प्रविधिबारे ज्ञान हासिल गर्नु र यी प्रविधि आवश्यक पर्ने बिरामीमा त्यसको सफल प्रयोग गर्नुनै रहेको नेपाल मेडिसिटीका न्यूरोसर्जरी विभाग प्रमुख तथा नेसोनका न्यूरो भाष्कुलर च्याप्टर प्रमुख वरिष्ठ न्यूरोसर्जन प्रा.डा. गोपाल रमण शर्माले बताउनुभएको छ । वहाँकै नेतृत्वमा आयोजना गरिएको वर्कसपमा कोर्स निर्देशक भने जापानका प्रतिष्ठित न्यूरोसर्जन प्रा. नाओया खुयायामा रहनुभएको थियो ।

शुक्रबार उद्घाटन गरिएको कार्यक्रममा नेपाली न्यूरोसर्जनहरुको प्रतिनिधित्व गर्ने सस्था नेसोनका वर्तमान अध्यक्ष प्रा. मोहन शर्मा, पूर्वअध्यक्ष डा. बसन्त पन्त, नसोनको न्यूरोभाष्कुलर च्याप्टरका महासचिव डा. यम बहादुर रोकाको पनि उपस्थिती रहेको थियो ।

अघिल्लो पुष्ताबाट नयाँ पुष्ताले सिक्ने मात्र नभई नयाँ पुष्ता र प्रविधिबाट पनि धेरै सिक्न सकिने विषयलाई ध्यानमा राख्ने नेपाल तथा जापानका सहभागिहरुले एक-अर्कासंग अन्तत्र्रिmया समेत गरेका छन् । सहभागिहरुले वर्कसपमा रहेको सिमुलेटर प्रयोग गरि त्यसलाई प्रयोगात्मकरुपमा उपयोग गर्न प्रशिक्षण प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्