Logo

मेडिसिटी अस्पतालमा फोक्सोको ट्युमरको बिना शल्यक्रिया उपचार



ललितपुर, २१ जेठ । नेपालमै पहिलोपटक एक २० वर्षीय युवकको फोक्सोको ट्युमरलाई सर्जरीको विकल्पमा ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया‘ अर्थात बिना शल्यक्रियानै उपचार गरिएको छ ।

माइक्रोवेभ एब्लेसन एक यस्तो प्रविधि हो जसले कलेजो, फोक्सो, थाइरोइड ग्रन्थी तथा हड्डी लगायतका स्थान ३ देखि ५ सेन्टिमिटरको आकारमा रहेको ट्यूूमरको उपचार गर्न सक्छ ।

चिकित्सकका अनुसार यस प्रविधिमा खुला शल्यक्रिया आवश्यक पर्दैन र सुुईको प्रयोगबाट ट्युमरको निराकरण गर्न सकिन्छ । यस उपचारमा संलग्न चिकित्सकहरु मध्येका एक डा. ओम बिजु पन्तका अनुसार नेपालमा कही–कही यस प्रविधिद्वारा कलेजोमा रहेको ट्युमरको उपचार गरेको पाइए पनि फोक्सोमा भएको ट्युमरको लागि यो पहिलो सफलता हो । सिटी स्क्यान गरी सामान्य एनेस्थेसीयाको प्रयोगमा सानो आकारको ट्युमरको उपचार गरिएको हो ।

आइतबार सम्पन्न माइक्रोवेभ एबलेसन प्रक्रियामा नेपाल मेडिसिटी अस्पतालका रेडियोलोजी विभाग प्रमुख प्रा. डा. राम कुुमार घिमिरे , सोही विभागका डा. ओम बिजु पन्त तथा एनेस्थिेसेलोजीष्ट डा. अपूर्व शर्मा सहभागी थिए । उपचार पश्चात विरामी सोमबार नै डिस्चार्ज गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot