Logo

कमल थापाकाे बिकल्प : देशलाई निकास दिन गोलमेच सम्मेलन



बुटवल, २१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्रको विकासका लागि दीगो शान्ति कायम गर्न गोलमेच सम्मेलन गर्नुपर्ने बताएका छन् ।

रिपाेर्टर्स क्लव प्रदेश ५ द्वारा बुटवलमा आयाेजित साक्षात्कारमा बाेल्दै नेता थापाले कृश्चियन धर्म प्रचारक बिश्वबिद्धालय सग त्रिभुवन बिश्वबिद्धालयले गरेको सम्झौता प्रती घोर आपत्ती जनाए ।

नेपाली काङ्ग्रेसले शसक्त प्रतिपक्षको भुमिका निर्वाह गर्न नसकेको भन्दै आफनो पार्टी अवको निर्वाचनबाट बलियो प्रजातान्त्रिक र पहिलो वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाउने दाबी समेत गरे ।

उनले संवैधानिक राजतन्त्र,राष्टियता, हिन्दू राष्ट्र पुनस्थापनालगायतका एजेण्डालाई जनताले रुचाउन लागेकाले आफनो पार्टी पहिलो बैकल्पिक शक्तिका रुपमा उदाउन लागेको दाबी गरे । भारतीय चुनावकाे नतिजाले नेपालका हिन्दुबादीहरु खुसी हुनुपर्ने बताए । रामकुमार क्षेत्रीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे संचालन कपिल ज्ञवालीले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्