Logo

विप्लवसँग ओलीले बालुवाटारमा वार्ता गर्ने



काठमाडौं, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग वार्ताको थालनी गरेको खुलासा भएको छ । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक वार्ता समूहका संयोजक सोमप्रसाद पाण्डेका अनुसार सरकार र विप्लव समूहबीच वार्ताको प्रयास भैरहेको छ । तर, ठोस रुपमा वार्ताको थालनी भने भैनसकेको पाण्डेको दाबी छ ।

सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेकपाका स्थायी समिति सदस्य समेत रहेका नेता पाण्डेले यस्तो बताएका हुन् । उनले भने,‘विप्लवसँग वार्ताको प्रयास भैरहेको छ। अब छिट्टै निश्कर्षमा पुग्छ ।’ उनले प्रधानमन्त्री ओलीले विप्लवसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता गर्नसक्ने संकेत गरे ।



प्रतिक्रिया दिनुहोस्