जेठ २२, काठमाण्डौ । नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले राष्ट्रिय जागरण अयिभान सफल रुपमा अगाडि बढिरहेको दावी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बसहमा ऋषि धमलासँग कुरा गर्दै यादवले अभियानले वडादेखि केन्द्रसम्म सकारात्मक प्रभाव पारेको दावी गरेका हुन् ।
अभियानले नेता कार्यकर्तामा उत्साह थपेको यादवको जिकिर छ । पार्टीभित्रको गुटउपगुट अन्त्यका लागि पनि अभियान प्रभावकारी हुने उनले बताए ।
“आगामी दिनमा पार्टीभित्रको गुटगत राजनीति अन्त्य हुनुपर्छ भन्नेमा सबैको एकमत छ । अबको चुनावमा पार्टी बलियो भएर देखापर्नेमा हामी विश्वस्त छौँ ।” यादवले भने ।
केपी ओली नेतृत्वले ल्याएको बजेटले संघीयतालाई कमजोर बनाउन खोजेको आरोप पनि यादवले लगाए । आर्थिक वर्ष २०७६–७७ को बजेट केन्द्रिकृत प्रणालीको जस्तो भएको भन्दै यादवले सरकारले स्थानीय र प्रदेश सरकारलाई कमजोर बनाउन खोजेको अरोप लगाए ।