Logo

विश्वप्रकाश शर्माले गरे रगत दान (फोटोफिचर)



काठमाडौं, २३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले काठमाडौंमा रक्तदान कार्यक्रम पनि सुरु गरेको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार काठमाडौंको भृकुटीमण्डपमा एक कार्यक्रमकाबीच रगत दान गरेर सो कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बोल्दै उनले पार्टीको राष्ट्रिय जागरण अभियानलाई प्रभावकारी बनाउन काठमाडौंमा रक्तदान कार्यक्रमको पनि सुरु गरिएको स्पष्ट पारे । काठमाडौं उपत्यका भित्र रगतको अभाव हुन नदिन नेपाली काँग्रेस जिल्ला सम्पर्क समितिहरुको संयोजनमा यो कार्यक्रम सुरु गरिएको छ ।

रक्तदान कार्यक्रमलाई हरेक महिनाको अन्तिम शनिबार आयोजना गर्ने पनि काँग्रेसको योजना छ । नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तरगतको पहिलो चरणको कार्यक्रम जेठ २५ गते सकिदैछ । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्