Logo

चीनिया राष्ट्रपतिको बेस्ट फ्रेन्ड’ रुसी राष्ट्रपति पुटिन



मस्को । चीनिया राष्ट्रपति सी चिनपिङले ’बेस्ट फ्रेन्ड’ भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा गरेका छन्। तीनदिने भ्रमणका क्रममा मस्को पुगेका चिनपिङले रुसी समकक्षीको उच्च प्रशंसा गरेका हुन्। उनले पुटिनसँग व्यापार तथा आपसी सम्बन्धबारे छलफल गरे।

चीन र रुसबिच एक व्यापार सम्झौतामा हस्ताक्षर पनि भएको छ। हस्ताक्षर कार्यक्रमपश्चात भएको पत्रकार सम्मेलनमा चिनपिङले ’गहिरो व्यक्तिगत मित्रता’ रहिआएको भन्दै पुटिनको प्रशंसा गरेका हुन्।

’गएको ६ वर्षमा हामीले झण्डै ३० पटक भेट्यौं’, चिनपिङले भने, ’रुस मैले सर्वा्धिक भ्रमण गरेको देश हो र पुटिन मेरा निकटका मित्र हुन्।’ पुटिनले पनि हो मा हो थपे। उनले भने, ’रुस र चीनको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउन पाउँदा मलाई पनि खुसी लागेको छ। सम्बन्धलाई विश्वस्तरको साझेदारी वा रणनीतिक सम्बन्ध हो।’

अमेरिकासँग तिक्तता बढिरहेका बेला चिनपिङ रुस भ्रमणमा निस्किएका हुन्। चीन र रुस कसरी बेस्ट फ्रेन्ड? अमेरिका र यूरोपसँग तिक्तता बढ्दै गर्दा रुससँग चीनको निकटता भने बढ्दै गएको छ। युक्रेन युद्धका कारण पश्चिमको आलोचना झेल्दै आएको रुस पनि चीनसँग निकट हुन बाध्य छ।

रुस र चीन अहिले एकै ठाउँमा उभिएर अमेरिका र यूरोपविरुद्ध ’जस्तालाई त्यस्तै गर्ने’ रणनीतिमा छन्। पश्चिमा देशहरुले संगठित रुपमा अप्ठ्यारो पार्न थालेपछि रुस र चीनले व्यवसायीक मात्र नभई सैन्य साझेदारी पनि बढाएका छन्। गत एक वर्षमा यी दुई देशबिचको व्यापार २५ प्रतिशतले बढेको छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot