Logo

मेयर द्धारिकालालको उद्धघोष–‘भ्रष्टचारीलाई जनकारवाही गर्छु, जेल जान परे पनि तयार छु’



काठमाडौं, २४ जेठ । सुनसरीको इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले सबै भ्रष्टाचारीहरुलाई कारबाही गर्ने उद्धघोष गरेका छन् । बिहीबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानीमा मेयर चौधरीले यस्तो बताएका हुन् । उनले भ्रष्टाचारीहरुलाई जनकारबाही गर्दा आफू जेल जानुपरेपनि तयार रहेको स्पष्ट पारे ।

उनको जबाफ छ, ‘पुलिस प्रशासन, अदालतको बाटो म देखाइदिन्छु । लौ मैले धम्की दिएँ, ममाथि कारबाही गर्नुस् । त्यस्ता पत्रकारको अनुहारमा कालोमोसो दल्छु । इटहरीमा यस्तै शासन चल्छ ।’ कराकानीको प्रसँगमा उनले आफूले पत्रकार र कर्मचारीलाई किन धम्की दिएको भन्नेबारे पनि प्रष्ट्याएका थिए ।



प्रतिक्रिया दिनुहोस्