Logo

‘नेपालले आफ्नो स्ट्राटेजी अटोनोमी बनाउनुपर्छ’ : पूर्व राजदुत चालिसे



काठमाडौं, २४ जेठ । बेलायतका लागि पूर्व नेपाली राजदुत डा. सुरेशचन्द्र चालिसेले प्रधानमन्त्री ओलीको युरोप भ्रमण सफल हुने विश्वास दिलाए । यद्धपी उनले विदेश भ्रमण गर्दा द्धिपक्षीय सम्बन्ध, ट्रेड, कमर्स, कल्चरलाई कति महत्व दिईन्छ त्यसमा ध्यान दिनुपर्ने पनि धारणा राखे ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्रीको युरोप भ्रमणको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै चालिसेले प्रधानमन्त्रीको भ्रमणको अघिल्लो दिनसम्मपनि भ्रमणको एजेण्डा सार्वजनिक नगरिएको बताउँदै आजको सन्दर्भमा गैरआवासीय नेपाली संघलाई रणनीतिक स्रोतको रुपमा उपयोग गर्नुपर्नेमा जोड दिए । उनले भने,‘प्रविधि र ज्ञान हस्तान्तरण गर्नु आजको महत्व हो । अब गैरआवासीय नेपालीहरुलाई सरकारी तहमा जोड्नुपर्छ । एनआरएनहरुले सेतुको रुपमा काम गर्दै आएका छन् ।’

उनले नेपालको टिआरसी कस्तो हुन्छ रु भन्नेबारे पश्चिामाहरुको चासोको विषय रहेको पनि सुनाए । उनले भने,‘यस्तो अवस्थामा भ्रमणमा जाँदा गृहकार्य गरेर जाँदा नै राम्रो हुन्छ । हिजोमात्रै नेपालका लागि अष्ट्रेलियाका राजदुतले पनि टिआरसीबारे आफ्नो धारणा राखिसकेका छन् ।’

नेपाल–बेलायत सम्बन्ध धेरै पूरा रहेको सुनाउँदै उनले सन् २०१४ मा बनेको कनसर्नट्रेशन मेकानिज्मबारे प्रधानमन्त्रीले सकारात्मक भूमिका खेल्ने अपेक्षा पनि गरे ।

उनले नेपालले आफ्नो स्ट्राटेजी अटोनोमी बनाउनुपर्ने जोड दिए । उनले भने,‘नेपालले आफ्नो राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर आफ्नो विदेश सम्बन्ध अघि बढाउनुपर्छ ।’

 



प्रतिक्रिया दिनुहोस्