Logo

मोदीले किन पठाए ३ जना महिलालाई नेपाल ?



काठमाडौं । २५ देशको यात्रामा निस्किएका ‘बाईकिङ क्विन्स’ को नामले चिनिने तीन भारतीय महिला बाईकर्सहरुलाई काठमाडौंमा स्वागत तथा सम्मान गरिएको छ । ‘वुमेन्स प्राईड’ नामक सन्देश बोकेर उनीहरु तीन महादेशको यात्रामा निस्किएका हुन् ।

उक्त ग्रुपकी संस्थापक डा. सारिका मेहता र उनका साथीहरु बाईक राईडर्सद्धय जिनाल साह र रुतली पटेलले ९० दिनमा २५ राष्ट्रमा २५ हजार किलोमिटरको यात्रा गर्नेछन् । बुधबार भारतबाट सुरु भएको उक्त यात्रा लण्डमा पुगेर समापन हुनेपनि उनीहरुले जानकारी दिए । उक्त यात्राको समापन भने आगामी अगष्टको २६ तारिखमा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्