Logo

मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारहरुद्वारा काठमाडौंमा मानव साङ्लो प्रदर्शन (फोटोफिचर)



काठमाडौं, २५ जेठ । सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारहरुले काठमाडौंमा मानव साङ्लो बनाएर प्रदर्शन गरेका छन्। नेपाल पत्रकार महासंघको अगुवाइमा दोस्रो चरणको आन्दोलन अन्तर्गत शनिबार पत्रकारहरुले आँखामा कालोपट्टी बाँधेर बबरमहलदेखि माइतीघरसम्म प्रदर्शन गरेका हुन्।

मानव साङ्लो बनाउनुपूर्व नेपाल पत्रकार महासंघका अध्यक्ष, पूर्वअध्यक्ष र विभिन्न सञ्चार माध्यमका सम्पादकले सरकारले वैशाख २६ गते राष्ट्रिय सभामा पेश गरेको मिडिया काउन्सिल विधेयक फिर्ता गर्नुपर्ने बताए।

शनिबार मानव साङ्लो प्रदर्शन कार्यक्रममा उपस्थित पत्रकार महासंघका पदाधिकारी, पूर्वपदाधिकारी र सम्पादकहरुले पनि काउन्सिल विधेयक फिर्ता लिन माग गरे। विधेयकमा दश लाखसम्म जरिवाना भराउनसक्ने प्रावधान राखिएकोमा पनि विरोध भइराखेको छ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्