Logo

ओलीको युरोप यात्रा ‘टुरिष्ट भ्रमण’ (भिडियोसहित)



जेठ २६, काठमाण्डौ । राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर राणाले प्रधानमन्त्री केपी ओलीको युरोप भ्रमण फलदायी हुनै नसक्ने दावी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै राणाले ओलीको भ्रमणलाई टुरिष्ट भ्रमणको संज्ञा दिए । रमाइलोको लागि गरिएको भ्रमणले नेपाललाई कुनै फाइदा नहुने राणाको जिरिक थियो ।

फरक प्रसंगमा राणाले राजसंस्थालाई बहसमा लानुपर्छ भनेका छन् । राष्ट्रपतिका कारण जनता दिक्क भएको दवाी गर्दै राणाले विद्यादेवी भण्डारी जस्तो व्यक्ति राष्ट्रपति बन्दा जनता गणतन्त्रप्रति नै रुष्ट भएको दावी गरे ।

भण्डारी देशको नभै नेकपाको मात्रै राष्ट्रपति बनेको उनको तर्क छ । यस्तै अवस्था रहे राष्ट्रपति हटाएर राजा ल्याउनुपर्ने राणाले बताए ।

अध्यक्ष राणाले हिन्दुराष्ट्र पुनः स्थापनाका लागि नेपाली कांग्रेस, समाजवादी पार्टी नेपला र राजपासँग सहमति भइसकेको पनि दावी गरेका छन् । भारत वा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको समर्थन विना हिन्दुराष्ट्र र राजसंस्था आउने तर्क राणाले गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot