Logo

नेपालमा क्षयरोगीको डरलाग्दो तथ्याङ्क



जेठ २६, काठमाण्डौ । मुलुकमा क्षयरोग निवारण गर्न थप चुनौती रहेको एक अध्ययनले देखाएको छ । । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार लगभग ५० प्रतिशत नेपाली जनसख्याँ क्षयरोगले ग्रसित भएको पाइएको छ । हरेक बर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरु नेपालमा थपिने र करिब ५ देखि ७ हजार नेपाली क्षयरोगले बर्षेनी मर्ने तथ्याकं पनि देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार काठमाडौमा सार्वजनिक गरेको क्षयरोगीसम्बन्धी संयुक्त अनुगमन तथा सुझाव प्रतिवेदनमा पछिल्लो समय क्षयरोगका कारण वर्षेनी मृत्यु हुनेको सङ्ख्यामा घट्दो रहेपनि नयाँ रोगीको सङ्ख्यामा बढ्दो नै रहेको देखिएको हो ।

नेपालले सन् २०३५ भित्र सो रोग निवारण गर्ने लक्ष्य लिएको छ । संयुक्त अनुगमन तथा सुझाव अध्ययनमा नयाँ क्षयरोगीको संख्या ४५ हजार पुगेको तर मृत्युहुनेको संख्या छ हजार ६०० रहेको उल्लेख गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनद्वारा संयुक्त रुपमा गरेको अनुगमन प्रतिवेदनमा क्षयरोग निवारणका लागि सञ्चालित पाँचवर्षे रणनीति को पुनरावलोकन गर्न समेत सुझाव दिइएको छ । तथ्याङ्क सार्वजनिकए भएसँगै उपप्रधान र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले क्षयरोगको भार बढ्दो क्रममा रहेका हुँदा यसलाई निवारण गर्न थप चुनौती र जटिलता रहेको स्वीकार गरे ।
उनले क्षयरोग निवारणका लागि कार्यान्वयनमा आइरहेको पञ्चवर्षीय योजनाका लक्ष्य पूरा गर्न मन्त्रालयले प्राथमिकता दिएको दाबी पनि गरेका छन् ।

अनुगमनका क्रममा ४६ जिल्लाबाट मात्र क्षयरोगका बारेमा विद्युतीय रिपोटिङ मन्त्रालयलाई आउने गरेको र तालीम प्राप्त जनशक्ति तथा प्रयोगशालाको अभाव देखिएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

क्षयरोग प्राचीन कालदेखि नै मानव समुदायमा रहेको र बिभिन्न रोग र संक्रमणका रुपमा यसलाई लिने गरिएको पाइएको छ । मेडिकल बिज्ञान लगायत उपचार पद्धतिको यो उचाईसम्म पुग्दा पनि बिश्व जनसख्याँको एकतिहाई जनसख्याँ क्षयरोगको किटाणुको संक्रमण जोखिममा रहेको देखिन्छ । बिकसीत देशहरुमा यो जोखिमदर त झन बढेर ९० प्रतिशत सम्म रहेको पनि देखिन्छ ।

प्रतिबर्ष बिश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन भने २० लाखको क्षयरोगकै कारणले मृत्यू हुने गर्दछ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार लगभग ५० प्रतिशत नेपाली जनसख्याँ क्षयरोगले ग्रसित पाइएको छ । क्षयरोगीहरुको उमेर समुह धेरैजसो उत्पादक उमेर समुह अर्थात १५ देखि ४९ बर्ष हुनेगर्दछ । नेपालमा क्षयरोगको उपचारका लागि ४३२१ डट सेवा केन्द्रहरु रहेका छन् ।

सन् २०१६ सम्मा ४५ जिल्लामा मात्र रहेको जिन एक्सपर्ट सुविधा सन् २०२१ सम्मा ७५ वटै जिल्लामा लाने नेपाल सरकारले लक्ष्य लिएको छ । यस प्रविधी क्षयरोग पत्ता लगाउन धेरै भरपर्दो र गुणस्तरिय मानिन्छ । स्मरण रहोस नेपालमा हुने क्षयरोग मध्य ७५ प्रतिशत बढि त फोक्सो कै क्षयरोग हुने र अन्य ग्रन्थी, पाठेघर, पेट, कलेजो, मृगौला, मष्तिष्क र हड्डी आदिका हुने गर्दछन् ।



प्रतिक्रिया दिनुहोस्