Logo

बजेटपछि अत्यधिक मूल्यवृद्धि, सरकार मुकदर्शक



जेठ २६, काठमाण्डौ । आर्थिक वर्ष २०७६–७७ को बजेट सार्वजनिक भएसँगै देनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । बजेटमा ढुवानीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेसँगै बजारमा मूल्य वृद्धि भएको हो । व्यवसायीले ढुवानीमा भ्याट र अन्तःशुल्क बढेको भन्दै जथाभावी मूल्य बढाएका हुन् ।

ढुवानी सेवा क्षेत्रमा पर्ने जनाउँदै अर्थ मन्त्रालयले बजेटबाट भ्याट लगाउने निर्णय गरेको थियो । व्यवसायीले ढुवानीमा भ्याट र अन्तःशुल्क बढेको भन्दै जथाभावी मूल्य बढाएका हुन् ।

अन्तःशुल्क, भन्सार दर बढेका वस्तु आटा, चिप्स, चाउचाउ, जुस, चिप्स,कुरकुरे, मदिरानजन्य पर्दाथ लगायत वस्तुमा मूल्य बढेको छ । ढुवानीमा भ्याट लागेपछि थप केही असर परेको वाणिज्य आपूर्ति तथा उपभोक्त संरक्षण विभागले जनाएको छ । विदेशबाट आउने सिमेन्टमा समेत भाउ बढेर आएको विभागले बताएको छ । तर मूल्यवृद्धि नियन्त्रणका लागि भने विभागले अहिलेसम्म कुनै कदम चाल्न सकेको छैन ।

यता उपभोक्तहरु भने खाद्ययमुल्यमा एकदमै मुल्यबृद्धि भएको बताउछन् । जताबाट पनि सर्वसाधारण मर्कामा परेको उपभोक्तहरुको गुनासो रहेको छ । खाद्यमुल्य लगाएत घरभाडा समेत गुनासो गरेका छन् । एउटा कर्मचारीले परिवार धान्न समेत धौ धौ परेको गुनासो गर्छन् ।

आर्थिक ऐनअनुसार ढुवानी सेवामा भ्याट लगाइएको हो । तर भ्याट नलागेको वस्तुमा समेत मूल्य बढेको आशंका गरे पनि अनुगमन भएको छैन । बजेटअघि प्रतिकिलो १४० रुपैयाँ पर्ने मुङको दाल अहिले बढेर १८० पुगेको छ । मुङ खोस्टा १२० रुपैयाँबाट बढेर १ सय ५० रुपैयाँ पुगेको छ । ११० रुपैयाँ पर्ने मुसुरो १३० रुपैयाँमा कारोबार भएको छ ।

१३५ रुपैयाँ पर्ने रहर १५० रुपैयाँ, ११० रुपैयाँ पर्ने मास १३० रुपैयाँ पुगेको छ । चिनी प्रतिकिलो ७५ रुपैयाँबाट बढेर ८० रुपैयाँ पुगेको छ । खाने तेलको मूल्य पनि बढेको छ । प्रतिलिटर १३० रुपैयाँ पर्ने सोयाबिन तेल १४० रुपैयाँ, १३५ रुपैयाँ पर्ने सनफ्लावर तेल बढेर १५० रुपैयाँ र चामल प्रतिबोरा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म बढेको छ ।



प्रतिक्रिया दिनुहोस्