Logo

पत्रकारको नाक भाँच्न एक करोड छुट्याएका मेयरले फेरि यसो भने



काठमाडौं २७ जेठ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफ्नो बोली फिर्ता लिएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै उनले बोली फिर्ता लिएका हुन् । इटहरीकै पत्रकार विराट अनुपमलाई नाकको डाँडी भाँच्न एक करोड छुट्याएको लगायत धम्की दिएर विवादमा तानिएका मेयर चौधरीले विज्ञप्तिमार्फत बोली फिर्ता लिएका हुन् ।

news‘फेसबुकको कमेन्टलाई लिएर आक्रोसपूर्ण फोन गरेपछि भएका संवादका कारण आवेगजन्य परिस्थितिका कारण मेरो भनाइबाट उहाँ र सञ्चार जगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै प्रेस जगतलाई आघात पुग्न गएकोमा व्यक्त विचार फिर्ता लिन्छु,’ विज्ञप्तिमा भनिएको छ ।

उनले भ्रष्टाचारविरुद्धको शुन्य सहनशीलताको अभियानमा सञ्चार जगतको रचनात्मक भूमिकाको समेत अपेक्षा गरेका छन् । –राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्