Logo

ब्राजिलद्वारा होन्डुरसमाथि ७–० को जित दर्ता



काठमाडौं । कोपा अमेरिका फुटबलको तयारीमा रहेको ब्राजिलले आइतबार राति भएको प्रतियोगिता अघिको उसको अन्तिम मैत्रीपूर्ण खेलमा होन्डुरसमाथि ७–० को जित दर्ता गरेको छ ।

पहिलो हाफमा तीन गोल गरेको ब्राजिलले दोस्रो हाफमा थप चार गोल गरेको हो । उसका लागि गाब्रिएल जिससले दुई तथा थिएगो सिल्भा, फिलिप कोन्टिन्हो, नेरेस क्याम्पोस, रोबर्टो फिरमिनो र रिचार्लिसनले एक एक गोल गरे ।

२९ औँ मिनेटमा क्वीओतो सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि होन्डुरस १० खेलाडीमा सीमित भएको थियो । एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्