Logo

कम्युनिष्टहरुको हातबाट लोकतन्त्रको रक्षा हुन सक्दैन : केसी



काठमाडौं २८ जेष्ठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री अर्जुननरसिंह केसीले कम्युनिष्टहरुको हातबाट लोकतन्त्रको रक्षा हुनै नसक्ने दावी गरेका छन् ।

उनले भने,‘दुई तिहाईको सरकार भ्रष्टाचारी, बलात्कारी, घुसखोरीको संरक्षणमा लागि अकुत सम्पत्ति कमाउने धन्दामा लागेकाले यो सरकारबाट नेपाली जनताको रक्षा हुन सक्दैन ।’

स्वार्थलाइ त्यागेर पार्टीमा लागेमात्र सफलता पाईने उनको तर्क छ । केसीले थपे,‘कम्युनिष्टहरुको सर्वसत्तावाद दादागिरीलाई तह लगाउन पनि पार्टीमा स्वार्थहीन ईमान्दारीको आवश्यक छ । कोही कसैको पछि नलागी नितिको पछि लाग्नुपर्छ । केसीले समय थपेर भएपनी बिधिसम्बत तरिकाले नेपाली काँग्रेसको महाधिवेशन गर्नुपर्छ ।’

अन्तक्र्रिया कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले कांग्रेसलाई उर्जा दिने हो भने सबैभन्दा अचुक उपाय भनेको समयमै महाधिवेशन गर्नु भएको बताए ।

जोशीले भने,‘अहिलेदेखि नै सदस्यता वितरण गरी सबै तहको निर्वाचन गर्नसक्नुपर्छ । संविधान र लोकतन्त्रमाथी आक्रमण भएको छ । गुठीको जग्गा कब्जा गरेर सरकारको स्वामित्वमा राख्ने काम हुँदैछ ।’

त्यस्तै, नेविसंघका नेता मनोजमणी आचार्यले कि नयाँ नेतृत्व दिनुपर्यो कि तल्लो तहसम्मको निराकरण गर्नुपर्ने धारणा राखेका थिए । उनले भने,‘अब आवधिक निर्वाचन हुनुपर्छ । विधानको क्लज समातेर महाधिवेशनको मिति लम्ब्याउने काम भएको छ यो गलत हो । विधिसम्मत ढङ्गले अगाडि बढ्नुपर्छ । पार्टी नेतृत्वको निवास र पार्टी कार्यालय घेराउ गरि सच्चिनको निम्ति दबाब दिन सबै लागी पर्नुपर्ने बेला आएको छ ।’

तरुण दलका नेता भूपेन्द्रजङ्ग शाहीले अबको पार्टी सभापति छान्दा केपी ओली र प्रचण्डसँग बैचारिक सम्बन्ध राख्न सक्ने र बहस गर्न सक्ने क्षमता भएको पार्टी सभापति चाहिएको आवश्यकत्ता औंल्याए ।

उनले भने,‘राजनीतिमा लागेपछी पदबिना बाच्न सकिन्न । दिनप्रतिदिन हाम्रा सदस्यहरु हराउदै गएका छन ।’

त्यस्तै, मोति भण्डारीले नेबिसंघबीच पानी बाराबार गरेर केही नहुने धारणा राखे । उनले भने,‘अधिबेशन उत्सब जसरी मनाइनुपर्छ तर आज यहाँ बुढानिलकण्ठबाट टिकट दिने काम भइरहेको छ । शेर बहादुर देउवा पार्टी सभापती हुन्जेल पार्टी अगाडि बढ्न सक्दैन । के पि ओली सरकारले अहिले हरेक सम्बैधानिक निकाएमा हस्तक्षेप गरेको छ र किन नेपाली काँग्रेस चुप लागेर बसेको छ ।’

तस्विर तथा भिडियो :मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्