Logo

साङ्ग्रीला होटल आतङ्कवादीको निशानाबाट यसरी उम्कियो



धेरै मानवीय क्षति हुनेगरी आतङ्कवादी हमला भएपछि बन्द रहेको श्रीलङ्काको राजधानी कोलम्बोस्थित साङ्ग्रीला होटल बुधबारदेखि पुनः सञ्चालनमा आएको छ ।

उच्च सुविधा सम्पन्न सो होटल पुनःनिर्माण गरेर झण्डै सात हप्तापछि पुनः सञ्चालनमा आएको अधिकारीहरूले जनाएका छन् ।

गत अप्रिल २१ तारिखका दिन आतङ्कवादीहरूले गरेको आक्रमणमा परी २५० भन्दा बढीको मृत्यु भएको थियो ।

होटल सञ्चालक संस्था साङ्ग्रीला समूहद्वारा जारी वक्तव्यमा भनिएको छ, “स्थानीय समयानुसार जुन ६ तारिखको बेलुका ६ बजेदेखि होटलका सेवाहरू सुचारु भएका छन् ।”

आतङ्कवादीहरूले साङ्ग्रीलासँगै कोलम्बोस्थित अरू दुई होटलमा पनि आक्रमण गरेका थिए भने ती दुई होटल पनि केही दिन अगाडिदेखि मात्रै सञ्चालनमा आएका छन् ।

आतङ्कवादीहरूले ती होटल बाहेक अरू तीन चर्चमा पनि आक्रमण गरेका थिए । ती आक्रमणले देश पूरै आतङ्कित भएको थियो भने संसारभरबाट घटनाको चर्को विरोध भएको थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्