Logo

प्रहरीले सीसीटीभी जडान गर्दा भीआइपीको भीड



काठमाडौं,२ असार । नेपाल प्रहरीले काठमाडौंको सुविधानगरका विभिन्न स्थानमा सीसीटीभी जडान गरेको छ । आपराधिक घटना हुन नदिन निगरानी बढाउने उद्देश्यले सीसीटीभी जडान गर्दा भने हल्लीखल्ली मच्चायो ।

सोमबार क्यामेराको साँचो हस्तान्तरण गर्न महान्यायाधिवक्ता अग्निप्रसाद खरेल देखि पूर्व गृहसचिव गोविन्द कुसुम समेत सहभागी भए । प्रहरीका उच्च अधिकृतहरुको बाक्लो उपस्थिति थियो । एआइजी ठुले राई महानगरीय प्रहरी रानीपोखरीका प्रमुख डिआइजी शैलेश थापा क्षेत्रीलगायत पुगे ।

खरेल सुविधानगर नजिकै बस्छन् । आफ्नो क्षेत्रमा सीसीटीभी जडान गर्दा उनले भाषण गर्न भ्याए । महान्यायाधिवक्ता खरेलले समाजसँग भिजेर बसेको प्रहरीले अपराधको सफल अनुसन्धान गर्न सक्ने बताए । कार्यक्रममा ३ नम्बर प्रदेश सभाका सांसद दिपेन्द्र श्रेष्ठ र सामुदायिक विकास समिति सुविधानगरका अध्यक्ष सुमित्रा कडरियाले सिसिटीभीको महत्वबारे बोले ।

कार्यक्रममा ३ नम्बर प्रदेशसभाका सांसद राजेन्द्र गुरूङ, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना, प्रहरी बरिष्ठ उपरीक्षकहरु, सामुदायिक विकास समिति, एकिकृत उपभोक्ता संघ एवं सुरक्षित नागरिक समाजका पदाधिकारीहरु, स्थानीय पदाधिकारीहरु, वडा अध्यक्षहरु, विभिन्न संघसंस्थाका पदाधिकारीहरु, संचारकर्मीहरु लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्