Logo

गुठी विधेयक चाँहिदैन,आन्दोलनलाई हाम्रो समर्थन : डा. कोइराला (भिडियोसहित)



असार ३, काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गुठी विधेयक फिर्ता गर्नुपर्ने बताएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलसँग कुरा गर्दै कोइरालाले विधेयक परिमार्जन गरेर समस्या समाधान नहुने बताएका हुन् ।

प्रधानमन्त्री केपी ओलीले विधेयक सच्याउने प्रतिक्रिया दिए पनि आफूहरु फिर्ता नै गर्नुपर्छ भन्ने अडानमा रहेको कोइरालाले अडान लिए । गुठी व्यवस्थापनका लागि विधेयक नै आवश्यक नरहेको कोइरालाले बताए ।

“१५ सय वर्ष पुरानो गुठी परम्परालाई हस्तक्षेप गर्न आवश्यक छैन । किन परिमार्जित गर्ने ? यो विधेयक नै किन ल्याउनपर्यो भन्ने प्रश्न हाम्रो छ ।” कोइरालाले भने ।

विधेयक आएपछि गुठीको सम्पत्तिको दुरुपयोग हुने कोइरालाको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot