Logo

भाजपा कार्यवाहक अध्यक्षमा नड्डा



काठमाडौं, ३ असार । भारतको सत्तारुढ भारतीय जनता पार्टीको अध्यक्षमा जगत प्रकाश नड्डा नियुक्त भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट नड्डालाई भाजपाको संसदीय बोर्डको बैठकले कार्यवाहक अध्यक्षमा नियुक्त गरेको हो ।
नड्डा पूर्व स्वास्थ्यमन्त्री हुन् । उनी भाजपा अध्यक्ष अमित शाहका विश्वासपात्र मानिन्छन् । शाह गृहमन्त्री बनेपछि नड्डालाई कार्यवाहक अध्यक्ष बनाइएको हो ।
भारतीय सञ्चारमाध्यमले नड्डाको नियुक्तिलाई लिएर भाजपामा मोदी र शाहको पकड झन् बलियो बनेको टिप्पणी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्