Logo

भीम रावल एकाएक ओलीको पक्षमा, गरे तारिफ



काठमाडौं, ३ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावल एकाएक सरकारको कामको बचाउमा उभिएका छन् । केही दिन अघिसम्म रावल सरकारको आलोचना गर्नमै व्यस्त थिए ।

तर, अचानक रावल सरकारको प्रशंसामा उत्रिएका छन् । उनले देशको मुहार फेर्नका लागि नै दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भएको विश्वास दिलाएका छन ।

मंगलबार गृहजिल्ला अछामको कमलबजारमा आयोजित कार्यक्रममा नेता रावलले सरकार देशको स्रोत साधनको उपयोग र परिचालनगरी विकास र समृद्धि ल्याउन खोजिरहेको बताएका थिए ।

उनले पार्टीको जिल्ला तहका कमिटीले पूर्णता पाइसकेकाले अब छिट्टै नगर, गाउँ तथा वडा कमिटीलाई पूर्णता दिइने र पार्टी सङ्गठन र विकासका गतिविधि प्रभावकारी बनाइने जानकारी दिए।

पूर्व उपप्रधानमन्त्री समेत रहेका रावलले नेकपा र उसले नेतृत्व गरेको सरकारले ल्याएका राम्रा नीति र कार्यक्रमबाट प्रमुख विपक्षी दल नेपाली कांग्रेस डराएको आरोप लगाएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot