काठमाडौं, ३ असार । सत्तारुढ दल समाजवादी पार्टी, नेपालका नेता तथा सांसद डा. बाबुराम भट्टराईले संसद गैरजिम्मेवार र निष्प्रभावी नबनोस् भन्ने कामना गरेका छन् । मंगलबार प्रमुख प्रतिपक्षी दलका सांसदका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध भएपछि आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै डा.भट्टराईले यस्तो धारणा राखेका हुन् ।
भट्टराईले ट्वीटरमा भनेका छन्,‘संसदमा को पहिला बोल्ने भन्ने मुद्दामा गलफल्ती गरेर अमूल्य समय र श्रोत खेल फाल्नु शोभनीय भएन ! गुठी, लोकसेवा विज्ञापन, प्रेस काउन्सिल, भ्रष्टाचार, शिक्षा, स्वास्थ्य, बजेट विनियोजन लगायत अनगिन्ती जनसरोकारका विषयमा छलफल गरेर समाधान खोज्ने थलो संसद गैरजिम्मेदार र निष्प्रभावी नबनोस् ।’