ब्राजिलमा जारी कोपा अमेरिका अन्तरगत आज बिहान रियो दि जेनेरियोमा सम्पन्न खेलमा पेरूले बोलेभियालाई ३–१ गोलले पराजित गरेको छ।
खेलको २८ औं मिनेटमा मार्सेलो मार्टिन्स मोरेनेले पेनाल्टीबाट गोल गर्दै बोलेभियालाई अग्रता दिलाएका थिए।
सन् १९६३ मा कोपा अमेरिका जितेको बोलेभियाले मार्चमा निगकारागुवासँग २–२ को बराबरीमा रोकिएयता कुनै गोल गरेको थिएन।
बोलेभियाको सो २८ औं मिनेटको अग्रतालाई पेरूले खेलको ४५ औं मिनेटमा बराबरी गर्यो। पाउलो गुएरोको गोलमा उसले बराबरी गरेको हो। त्यसपछि खेलको ५५ औं मिनेटमा पेरूका लागि जेफरसन फारफानले दोश्रो गोल गरे र अग्रता दिलाए।
२१ ले अघि रहेको पेरूले त्यसपछि खेलको अतिरिक्त समयको छैटौं मिनेटमा तेश्रो गोल गर्यो। सो गोल वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका एडिसन फ्लोरेसले काउन्टर एट्याकमा गरेका थिए।जितसँगै समूह ए मा रेहको पेरूले ४ अंक जोडेको छ भने बोलेभीया अंकबिहिन रहेको छ।