Logo

गुठी विद्येयकबाट सरकार पछि हट्नुको कारण के ?



विष्णु रिमाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार

सरकारले गुठी विद्येयक फिर्ता लियो, तपाईहरु किन पछि हट्नुभएको हो ?

यसमा सरकार पछि हट्ने वा अघि बढ्ने भन्ने कुरा होईन । प्रधानमन्त्रीले विदेशबाट आएकै दिन भन्नुभएको थियो नि । कुनैपनि विद्येयकहरु, प्रवन्धहरु यदि जनताले मन पराएनन भने सरकारले जबरजस्ती गर्दैन् । गुठीसम्बन्धी विद्येयकबारे उपत्यकाका र उपत्याका बाहिरका जनताको फरक फरक गुनासाहरु रहेको कारणले गर्दाखेरि यसमा अलिकति छलफल गर्नुपर्ने र त्यसलाई त्यही तरिकाले व्यवस्थापन गर्नुपर्ने भएको हुनाले गर्दा विद्येयक फिर्ता लिईएको हो ।

विद्येयक फिर्ता त लिनुभयो, अब यो समस्याको समाधान कसरी गर्नुहुन्छ ?

गुठीसम्बन्धी जग्गाहरुको व्यवस्थापन गर्न जरुरी छ । त्यसलाई तलमाथि गर्न जरुरी छ । तर, उपत्यकाका जनतालाई विद्येयकसम्बन्धी दिगभ्रमित पार्ने काम पनि भयो । यसबारेमा पहिला सरोकारवालाहरुसँग बसेर स्पष्ट पार्ने हो । त्यसपछि कुन तरिकाले जाँदा उचित हुन्छ, त्यही तरिकाले अघि बढ्ने हो ।

उसो भए सरकारले अब गुठियार र सरोकारवालाहरुसँग छलफल गर्छ ?

ठीक हो । सरकारले छलफल गर्छ । सल्लाह गर्छ । समस्याको व्यवस्थापनबारे अघि बढ्छौं । सरकारले बुझेको बुझाई र गुठियारहरुको भनाई हेरिन्छ । बुझाई के छ ? हामी जे होस समस्याको हल गर्छौं ।

सरकारले यसपटक धेरै विद्येयकहरु ल्यायो, तर विवादमा पनि परे नि ?

सरकारले ल्याएका यी विद्येयकहरुलाई विवादमा ल्याईयो । यही गुठीसम्बन्धी विद्येयकको बारेमा पनि केही दफाहरुमा मात्रे उहाँहरुको जिज्ञासा छन् । त्यसमापनि भनिएका कुरा र लेखिएका कुरामा तलमाथि परेका छन् । भनिएका कुराहरु संस्कृति मास्न खोजिएको भनिएको छ । तर, लेखिएको कुरामा यस्तो छैन । तर, जब मान्छेमा त्यसमा भ्रम पर्यो । र, खराब तत्वहरु फेला पर्यो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot