काठमाडौं, ५ असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले गुठी विद्येयक खारेज नहुने दाबी गरेकी छिन् । उनले गुठियारहरुको माग पूरा भैसकेको पनि जिकिर गरेकी छिन् ।
बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । सरकार आफ्नो स्ट्याण्डबाट कुनैपनि हालतमा पछि नहट्ने पनि घोषणा गरेकी छिन् ।