Logo

विप्लवको रेड योङ फोर्स सक्रिय, प्रहरीद्वारा धरपकड



काठमाडौं, ५ असार । विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीको रेड योङ फोर्सले सक्रियता बढाएको छ । सशस्त्र गतिविधितर्फ अगाडि बढेको विप्लव समूहको रेड योङ फोर्स गाउँ गाउँ सम्म फैलने रणनीतिसहित लगेको छ ।

विप्लवको युवा संगठन रेड योङ फोर्सले सक्रियता बढाएपछि प्रहरीले उसका सदस्यहरुमाथि कडा नीति लिएको छ । प्रहरीले उसका नेता कार्यकर्तामाथि धरपकड गर्न थालेको ।

रेड योङ फोर्सका केन्द्रीय अध्यक्ष बाबुराम राई बिहिबार दिउँसो संखुवासभाबाट पक्राऊ परेका छन् । ३७ वर्षीय राई मोरङ रमाइलोका हुन् । उनी फोर्सको कामका सिलसिलामा खाँदवारी पुगेका थिए।

विवश उपनामका राईको बम बिष्फोटनको आरोप छ । उनी फरार अभियुक्तको सूचीमा थिए । उनीमाथि राज्य विरुद्धको अपराधमा थप अनुसन्धान भइरहेको प्रहरीले बतायो ।

यसैगरी भक्तपुरबाट विप्लव समूहका सदस्इ कुलदिप थापा मगर पक्राऊ परेका छन् । उनलाई सूर्यविनायक नगरपालिका ८ दार्जिलिङ हाइटबाट पक्राऊ गरिएको प्रहरीले जनाएको छ । दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot